ad ad

राजनीति


कार्यकर्तालाई पौडेलको आग्रह– पार्टीमा न्याय–अन्याय जे भएपनि बिर्सनू, गठबन्धनलाई भोट हाल्नू

कार्यकर्तालाई पौडेलको आग्रह– पार्टीमा न्याय–अन्याय जे भएपनि बिर्सनू, गठबन्धनलाई भोट हाल्नू

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १२:५०, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न चुनावमा माओवादी र कांग्रेसका उम्मेदवार भनेर नहेर्न कार्यकर्तालाई आग्रह गरेका छन्। 

शनिबार विराटनगरमा भएको सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीको उमेदवारका रुपमा नभर्इ गठबन्धनका उमेदवारको रुपमा हेनुपर्ने बताए। 

उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनु पर्ने पनि बताए। पार्टीभित्र तलमाथी भए पनि, न्याय–अन्याय भए पनि बिर्सन आग्रह गरे। 

हिजो के के भए होलान तर अब सबै कुरा बिर्सिएर गठबन्धनलाई भोट हाल्न उनले कार्यकर्तामाझ आग्रह गरेका हुन्। एक्लै नभई संयुक्त कार्यक्रम गरेर चुनावमा सहभागी हुन पौडेलको आग्रह छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .