संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि ७५ जना नेपाली सेनाको टोली माली प्रस्थान गरेको छ।
नेपाली सेनाका सेनानी पवन थापाको कमान्डमा ७५ जनाको टोली नेपाल एयरलाइन्समार्फत सोमबार राति प्रस्थान गरेको सैनीक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
मालीमा तैनाथ ईओडी गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्न नवौं डफ्फाको अन्तिम टोली मिशन इलाकातर्फ प्रस्थान गरेको हो।
आठौं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी संगित पुनको नेतृत्वमा रहेको ७५ जनाको टोली कात्तिक ४ गते स्वदेश फर्किनेछ।
नेपाली सेनाले विगत लामो समयदेखि विभिन्न देशमा यूएन मिसनमा खटिई शान्ति स्थापनामा सहभागी भइरहेका छन्।
39
Shares
प्रतिक्रिया