समाज


डीएसपी गैरेलाई ‘वेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’

डीएसपी गैरेलाई ‘वेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १४:५०, काठमाडौँ

छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरे उत्कृष्ठ भएका छन्।

बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गरेका हुन्। 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा कातिक २ गते आयोजित दिक्षान्त समारोहमा कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गरिएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बहादुर सिंहलाई ‘वेष्ट रिसर्च अवार्ड’ प्रदान गरिएको छ।  

सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले डीएसपी गैरेलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरे।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समापनमा बोल्दै एपीएफ अधिकृतहरुलाई सांगठनिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिए।

२०७८ साल जेठ १६ गतेबाट सञ्चालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित १० जना अधिकृतहरु सहभागी थिए।

कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानूनका बारेमा जानकारी गराइन्छ। 

यस्तै नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमण लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

समापन कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad