ad ad

समाज


देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

नेपालखबर
कात्तिक २, २०७९ बुधबार ९:४६, काठमाडौँ

सरकारले आज (बुधबार) र भोलि (बिहीबार) आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाउँदै छ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। 

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि

सन् २००१ देखि खुवाउन थालिएको हो। वर्षमा दुईपटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .