समाज


शताब्दी पुरुष जोशीको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा

शताब्दी पुरुष जोशीको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ६:२५, काठमाडौँ

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले साेमबार जारी गरेको विज्ञप्तिमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

‘शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .