खेल


बेन्जेमाले पहिलोपटक जिते बालोन डे’ओरको उपाधि

बेन्जेमाले पहिलोपटक जिते बालोन डे’ओरको उपाधि

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ७:८, काठमाडौँ

रियल मड्रिड तथा फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलोपटक बालोन डे’ओरको उपाधि जितेका छन्।

सन् २०२१/२२ को सिजनमा गरेको प्रदर्शनको आधारमा बेन्जेमालाई बालोन डे’ओरको उपाधि दिइएको हो। उनले ला लिगाको उक्त सिजनमा ४६ खेलबाट ४४ गोल गरेका थिए। 

सन् १९९८ मा जिनेदिन जिदानपछि बेन्जेमा बालोन डे’ओरको उपाधि जित्ने बेन्जेमा पहिलो खेलाडी हुन्। 

यसअघिका १३ वर्षमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले १२ पटक बालोन डे’ओरको उपाधि बाँडेका थिए। बार्यन म्युनिखका साडिओ माने दोस्रो स्थानमा रहे भने म्यानचेस्टर सिटीका केभिन डि ब्रूयन तेस्रो स्थानमा रहे। 

महिलातर्फको बालोन डे’ओरको उपाधि भने बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी छिन्। आर्सनलकी बेथ मिड दोस्रो भइन्। 

प्रिमियर लिगको उपाधि विजेता म्यानचेस्टर सिटीले क्लब अफ द इयरको उपाधि जित्यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .