ad ad

समाज


चितवनको रत्ननगरमा रहेको जुस उद्योगमा आगलागी

चितवनको रत्ननगरमा रहेको जुस उद्योगमा आगलागी

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ८:७, काठमाडौँ

चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एक जुस उद्योगमा आगलागी भएको छ। आज (२८ असोज) बिहान ४ बजेबाट आगलागी भएको र अहिले लगभग नियन्त्रणमा आएको रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार बिहान साढे ३ बजेतिर स्थानीयले आगलगाी भएको खबर गरेका थिए। त्यसपछि निरन्तर ३ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याइएको हो। 

युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको उनले जानकारी दिए।

‘अहिले बल्ल आगो नियन्त्रणमा आएको छ,’ उनले नेपालखबरसँग भने, ‘३ वटा दमकल प्रयोग गरेर बल्ल नियन्त्रणमा ल्याइएको छ। यो उद्योग संचालनमा भने थिएन।’

आगलागी कसरी भयो भन्ने बारेमा भने बुझ्ने काम भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .