ad ad

ग्लोबल


यूरोपमा फेरि बढ्न थाल्यो शरणार्थीको चाप

यूरोपमा फेरि बढ्न थाल्यो शरणार्थीको चाप

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ८:८, काठमाडौँ

सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली सङ्घमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको सङ्ख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार जनाएको छ।

इयूको सीमा निकाय (फ्रन्टेक्स) का अनुसार कुल दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश गरेको भेटिएको छ। यसमध्ये बाल्कन क्षेत्रबाट एक लाख छ हजार ३९६ जना प्रवेश गरेका थिए। यो सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो। फ्रन्टेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पश्चिमी बाल्कनमा पहिलेदेखि नै रहेका आप्रवासीहरूले पटक–पटक सीमा पार गर्ने प्रयास गरेका कारण अवैध सीमा पार गर्नेको सङ्ख्या बढेको हो।”

प्रवेश गर्नेको दोस्रो ठूलो सङ्ख्या मध्य भूमध्यसागरीय मार्ग हुँदै आउनेको रहेको छ। यस नाकाबाट ५६ हजार ६७२ व्यक्ति प्रवेश गरेका थिए। यो सङ्ख्या गत वर्षको पहिलो नौ महिनाको तुलनामा ४२ प्रतिशत बढी हो।

बाल्कन क्षेत्र हुँदै युरोपेली सङ्घमा प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये मुख्यतया सिरियाली, अफगानी र टर्कीका नागरिकहरू थिए।

मध्य भूमध्यसागर हुँदै प्रवेश गर्नेमा अधिकांश ट्युनिसियाली, इजिप्टियाली र बङ्गलादेशी थिए।

एजेन्सीका अनुसार सन् २०२२ मा सामुद्रिक मार्गमा भेटिएका आप्रवासीको सङ्ख्या ५२ हजार ७०० रहेको छ।  यो सङ्ख्या सन् २०२१ मा झण्डै ५२ हजार मात्र थियो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .