ad ad

समाज


करेन्ट लागेर गैँडाको मृत्यु

करेन्ट लागेर गैँडाको मृत्यु

नेपालखबर
असोज २७, २०७९ बिहिबार १२:५५, काठमाडौँ

चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ। आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो।
    

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच÷छ वर्षको भाले गैँडा मरेको हो। सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए। बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र  त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए।

यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार ६९४ गैँडा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .