ad ad

समाज


जनकपुरमा भेटिएको बम निष्क्रिय बनाइँदै

जनकपुरमा भेटिएको बम निष्क्रिय बनाइँदै

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ३:६,

धनुषाको जनकपुरधाम उपमहानगर क्षेत्रमा आइतबार राति फेला परेको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले अहिले डिस्पोज (निष्क्रिय) गर्ने तयारी गरिरहेको छ।

जनकपुर उपमहानगरपालिका-९, संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे देखिएको शंकास्पद वस्तु सोमबार बिहान सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने तयारी गरिरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए।

स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको शंकास्पद वस्तु रातभर सुरक्षा घेरा हालेर राखिएको हो। त्यहाँ आवतजावतमा रोक लगाइएको डीएसपी कार्कीले बताए।  

स्थानीयले शंकास्पद वस्तु देखिएको खबर गरेलगत्तै प्रहरीको टोली पुगेको थियो। त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको डीएसपी कार्कीले जानकारी दिए।

धनुषाकै महेन्द्रनगरमा शुक्रबार राति बम विस्फाेट हुँदा प्रहरी निरिक्षकसहित तीन जनाको ज्यान गएकाे थियाे। लगत्तै फेरि बम भेटिएपछि स्थानीय त्रसित भएका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .