नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन्।
कार्यकाल सकेर स्वदेश फर्किन लागेका शाहले मंगलबार जङ्गी अड्डामा प्रधानसेनापति शर्मालाई भेटेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भेटघाटमा प्रधान सेनापति शर्माले कार्यकाल सफल भएको भन्दै बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिए।
भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।
21
Shares
प्रतिक्रिया