ad ad

समाज


वृद्धभत्ता बुझ्न गएकी महिला मृत भेटिइन्

वृद्धभत्ता बुझ्न गएकी महिला मृत भेटिइन्

नेपालखबर
असोज २५, २०७९ मंगलबार ११:३, काठमाडौँ

वृद्धभत्ता बुझ्न गएकी एकजना महिला ११ दिनपछि मृत फेला परेकी छन्। 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ८ लाम्पाटाकी ७२ वर्षीया पदमकुमारी कार्की सोमबार मृत फेला परेकी हुन्।

गत असोज १३ गते वृद्धभत्ता बुझ्न वडा कार्यालय गएकी थिइन्। त्यसै दिनदेखि उनी हराइरहेकी थिइन्।  

घरबाट ५/६ सय मिटर पश्चिमतर्फ कागुठे खोलाको खोल्सामा उनको शव फेला परेको हो। 

घटनाबारे अनुसन्धान भइरहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .