समाज


पहिरोबाट दुई दिनमा १६ जनाले ज्यान गुमाए

पहिरोबाट दुई दिनमा १६ जनाले ज्यान गुमाए

नेपालखबर
असोज २४, २०७९ सोमबार १८:३४, काठमाडौँ

दे‍शका विभिन्न भागमा सोमबार बाढी पहिरोमा परेर कम्तीमा १६ जनाले ज्यान गुमाएका छन्। 

नेपाल प्रहरीका अनुसार खासगरी कर्णाली प्रदेशमा हताहती हुनेको संख्या धेरै छ।

मुगुको छाँयानाथ रारा नगरपालिका-११ सालिम बस्तीमा सोमबार बिहान पहिरो जाँदा पुरिएर ८ जनाको मृत्यु भएको छ। 

त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेर ८ जनाको शव निकालेको छ भने ५ जना घाइतेलाई उद्धार गरेको छ।

उता हुम्लाको चंखेली गाउँपालिका-६ मेल्छाम डुमबाडा बस्ने मनवीर विकको घरमा आइतबार साँझ पहिरोले पुर्दा ६० वर्षीया तुलसा कामीसहित ४ जनाको मृत्यु भएको छ।

प्रहरी चौकी मेल्छामबाट खटिएको प्रहरीले तुलसासमेत ४ जनाको शव फेला पारेको हो। पहिरोमा पुररिएर १ जना गम्भीर घाइते भएका छन्।

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-८ मुम्रा डालुके बस्ने जस बहादुर खत्रीका छोरा १४ वर्षीय कबुल केसीको पहिरोमा परेर आइतबार दिउँसो मृत्यु भएको छ। 

बाटोमा हिँडिरहेको अवस्थामा पहिरो खसेर च्यापिँदा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो। २४ वर्षीया सोबिता सहकारी र २४ वर्षीया कल्पना बुढा घाइते भएका छन्।

कालिकोटको तिलागुफा नगरपालिका-७ बालीगाउँ बस्ने धुर्वराज विष्टका २ वटा घर र त्यही ठाउँ बस्ने उपेन्द्र विष्टको एउटा घर आइतबार बिहान पहिरोले भत्काउँदा पुरिएका २ जनाको शव भेटिएको छ

अहिले त्यहाँ ४ जना बेपत्ता छन्। प्रहरी चौकी छाप्रेबाट खटिएको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ।

बाजुराको जगन्नाथ गाउँपालिका-१ ढाडाकोट डिमुरगाउँ बस्ने ४५ वर्षीय प्रभुलाल गिरीको भत्किँदा उनको घटनास्थलमै मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad