नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छन्।
उनले व्यक्तिगत सेबरतर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन्।
नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए।
प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन्। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन्।
नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता छ।
42
Shares
प्रतिक्रिया