मनाङको विकट गाउँ नार पुगेर फर्केका एक अमेरिकी नागरिकको मृत्यु भएको छ।
नार गाउँबाट लमजुङ फर्कने क्रममा अमेरिकी नागरिक पल जोसेफको मृत्यु भएको मनाङ प्रहरीका डिएसपी प्रेमसागर केसीले पुष्टि गरे।
मनाङको दानाक्यु र तिमाङको बीचमा चिप्लिएर बाटोबाट केही तल खसेका जोसेफको उद्धार गर्न मौसम खराबीले हेलिकप्टर जान सकेन।
उनलाई एम्बुलेन्समा राखेर लमजुङ जिल्ला अस्पताल बेंसीशहर लगिएको थियो।
अस्पतालका चिकित्सकले मृत घोषणा गरिदएको डिएसपी केसीले बताए।
42
Shares
प्रतिक्रिया