ad ad

समाज


चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरियो, एकै परिवारका ३ जनाको मृत्यु

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरियो, एकै परिवारका ३ जनाको मृत्यु

नेपालखबर
असोज २१, २०७९ शुक्रबार ७:४०, काठमाडौँ

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। 

नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुरिंदा ३ जनाको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामङले जानकारी दिए। 

मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको उनले जानकारी दिए। 

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .