ad ad

समाज


दर्जन तस्बिरमा हेर्नुहोस् शीतल निवासमा आयोजित दसैँको टीका कार्यक्रम

दर्जन तस्बिरमा हेर्नुहोस् शीतल निवासमा आयोजित दसैँको टीका कार्यक्रम

नेपालखबर
असोज १९, २०७९ बुधबार १८:८, काठमाडौँ

देशभरसँगै आज राष्ट्रपतिको कार्यालय तथा निवास शीतल निवासमा पनि हर्षाेल्लासपूर्वक दसैँको टीका लगाउने र लगाइदिने कार्यक्रम सम्पन्न भयो।  

सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गरिन्। उनले उत्तम साइत ११:५१ बजे टीका लगाएकी थिइन्। 

आफूले टीका लगाइसकेपछि राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी थिइन्। 

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइएकी थिइन्। 

हेर्नुहोस् शीतल निवासमा आयोजित टीका कार्यक्रमका दर्जन तस्बिर (सबै तस्बिर : रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .