ad ad

समाज


यसपटक दसैँमा पूर्वराजा ज्ञानेन्द्र शक्तिपीठ नजाने, नागरिकलाई टीका नलगाइदिने

यसपटक दसैँमा पूर्वराजा ज्ञानेन्द्र शक्तिपीठ नजाने, नागरिकलाई टीका नलगाइदिने

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०७९ आइतबार ११:३३, काठमाडौँ

यसपटक दसैँमा पूर्वराजा ज्ञानेन्द्र शाहले शक्तिपीठको दर्शन नगर्ने र सर्वसाधारणलाई टीका पनि नलगाइदिने भएका छन्। 

पूर्वराजा शाहले निर्मल निवासबाटै शक्तिपीठप्रति भक्तिभाव प्रकट गर्ने कार्यक्रम रहेको ज्ञानेन्द्रको सचिवालयका तर्फबाट फणि पाठकले जानकारी दिएका छन्।   

पूर्वराजाको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखिबक्सी यसपालि शक्तिपीठको दर्शन नगरिबक्सिने तर निवासबाट भक्तिभाव राखिबक्सने तथा सार्वजनिक टीका कार्यक्रम पनि नगरिबक्सने भएको छ।’

यो पनिपूर्वराजा ज्ञानेन्द्रको भिडिओ सन्देश : गणतन्त्र र गठबन्धनको विरोध, राजतन्त्रको वकालत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .