ग्यालेक्सी पब्लिक स्कुलले दुर्गा पुजा आयोजना गरेको छ।
सर्वोजनीन दुर्गा पुजा कमिटीले ४५औँ दुर्गा पूजा महोत्सव आयोजना गरेको हो।
ज्ञानेश्वर स्कुल प्रांगणमा शुक्रबारबाट सुरु भएको दुर्गा पूजा आश्विन २१ गतेसम्म चल्नेछ।
सर्वोजनीन दुर्गा पुजा समितिका महासचिव अनुप दासले ग्यालेक्सी स्कुलको दुर्गा पूजामा जोसुकैले सहभागी हुनसक्ने बताए।
‘हामी दशैँलाई विशेष गराउन हरेक वर्ष पूजा आयोजना गर्छौँ’, महासचिव दासले भने, ‘शुक्रबार उद्घाटन हुन्छ। सप्तमी र अष्टमीको दिन कालरात्रिको पूजा हुन्छ।’
दशमीको दिनसम्म पूजा चल्ने र द्वादशीको दिन विसर्जन गर्ने उनले जानकारी दिए। पूजामा विभिन्न कलाकारले सांस्कृतिक नाच गान, भजन प्रस्तुत गर्नेछन्।
‘दुर्गा पूजामा नेपाली, भारतीय जोसुकै आउन पाउँछन्’, उनले भने, ‘कसैलाई भेदभाव हुँदैन।’
Shares
प्रतिक्रिया