समाज


धनुषा बम बिस्फोटमा ज्यान गुमाउने तीनैजनाको अन्त्येष्टि

धनुषा बम बिस्फोटमा ज्यान गुमाउने तीनैजनाको अन्त्येष्टि

शैलेन्द्र महतो
मंसिर २९, २०७६ आइतबार ४:७,

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरामा शुक्रबार राति भएको बम बिस्फोटमा ज्यान गुमाउने तीनै जनाको अन्त्येष्टि गरिएको छ।

बिस्फोटमा परि ज्यान गुमाउने राजेश्वर साह, उनका छोरा आनन्द साह र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको शनिवार साँझ अन्त्येष्टि गरिएको हो।

पोस्टमार्टम पश्चात मृतक बुबा राजेश्वर र छोरा आनन्दको शवलाई धनुषाको महेन्द्रनगर स्थित जलाद नदीमा अन्त्येष्टि गरिएको छ। बुबाछोराको अन्त्येष्टिमा नेकपाका नेता तथा निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायत सयौँको स्थानीयबासिन्दाको उपस्थिति थियो।

000000000000000000

यस्तै इन्सपेक्टर अमिर दहालको शनिबार नै काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बम बिस्फोटमा गम्भी घाइते भएपछि उपचारको लागि दाहाललाई विपी कोइराला विज्ञान प्रतिष्ठान धराण लगिएको थियो।

उपचारकै क्रममा शनिवार विहान ७ बजे इन्सपेक्टर दहालको मृत्यु भएपछि हेलिकप्टरबाट उनको शव अन्त्येष्टिको लागि काठमाडौं लगिएको थियो।

उनको प्रार्थिव शरीरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरु तथा उनका परिवारजन, शुभचिन्तक, आफन्त लगायतले फुलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

मृतक दाहाललाई उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिएका छन्। उनको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेका थिए। स्व. दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन्।

झण्डै एकवर्ष अघि धनुषाको धनुषाधाम ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको रुप्मा नियमित सरुवा भएर गएका दहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा रुपमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad