ad ad

समाज


एसएसबीका प्रमुख थाओसेन काठमाडौंमा

एसएसबीका प्रमुख थाओसेन काठमाडौंमा

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०७९ मंगलबार ९:४६, काठमाडौँ

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन आज (असोज ११ गते) नेपाल आइपुगेका छन्। 

गृह मन्त्रालय स्रोतका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्। 

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन्। बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने मन्त्रालय स्रोतले बतायो।

बैठक दिउँसाे १२ बजे सुरु हुने बताइको छ। 

बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ।

बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका सबै विषयमा छलफल हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .