ad ad

समाज


सिन्धुलीका ३ युवाले पोले अरिङ्गालको गोलो, मातातिर्थ–हेटौंडा प्रशारण लाइनको जम्पर जोडियो

सिन्धुलीका ३ युवाले पोले अरिङ्गालको गोलो, मातातिर्थ–हेटौंडा प्रशारण लाइनको जम्पर जोडियो

तस्बिर : समाजिक सञ्जालबाट।


नेपालखबर
असोज ९, २०७९ आइतबार ८:४९, काठमाडौँ

मातातिर्थ–हेटौंडा प्रशारण लाइनमा रहेको अरिङ्गालको गोलो गएराती पोलिएको छ। काठमाडौं आएर बसेका सिन्धुलीका युवाहरुको सहयोगमा अरिङ्गालको गोलो पोलिएको ई. विनोद लोहनीले जानकारी दिए। 

उनका अनुसार अरिङ्गाल पोल्न सहयोग गर्नेहरुले मागेअनुसारको पारिश्रमिक दिइएको छ। यद्यपि कति पारिश्रमिक दिइएको भन्नेबारे उनले खुलाउन चाहेनन्। 

‘रातिको समयमा उहाँहरुले अरिङ्गाल पोल्नका लागि सहयोग गर्नुभयो,’ लोहनीले नेपालखबरसँग भने, ‘उहाँहरुले जोखिम मोलेर काम गर्नुभएको कारणले मागेजति रकम दिएका छौं।’

सिन्धुली स्थायी घर भई हाल काठमाडौंमा रहेका सिन्धुृलीका युवाहरुले सो काम गरेको उनले बताए। 

मातातिर्थ–हेटौंडा ३२० जीबि प्रशारण लाइनमा देखिएको उक्त अरिंगालको गोलोका कारण शनिबार बिहान जम्पर जोड्न सकिएको थिएन्। शनिबार राति नै अरिङ्गालको गोलो पोलेसँगै जम्पर जोडेको र विद्युत् संचालन भएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .