ad ad

समाज


ललितपुरको कवाडी गोदाममा आगलागी हुँदा तीनजना घाइते, आगो नियन्त्रणमा

ललितपुरको कवाडी गोदाममा आगलागी हुँदा तीनजना घाइते, आगो नियन्त्रणमा

नेपालखबर
असोज ५, २०७९ बुधबार १५:३२, काठमाडौँ

ललितपुरको धोबीघाटस्थित कबाडी गोदाममा भएको आगलागीमा तीनजना घाइते भएका छन्।

बुधबार दिउँसो लागेको आगोमा दुई जना भारतीय र एक जना नेपाली घाइते भएका छन्। भारत घर भएका ६५ वर्षीय शिवनारायण पोदारको अवस्था गम्भीर छ। उनको शरीर पूरै जलेको ललितपुर प्रहरीले जनाएको छ। 

यस्तै भारतकै ४५ वर्षीय राम आशिष साहको पनि शरीरका विभिन्न भाग जलेको छ। चितवनका ३० वर्षीय गणेश गुरुङ पनि सामान्य घाइते भएका छन्। उनीहरुको स्टार अस्पतालमा उपचार भइरहेको छ। 

अहिले लागेको आगो नियन्त्रणमा आएको छ। दिउँसो १ : ५५ बजे लागेको २ : ५ मा नियन्त्रणमा आएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिए। 

ललितपुर ३ स्थित प्रकाश खत्रीको जग्गा भाडामा लिएर बच्चा साहले कागजको गोदाम बनाएका थिए। बिद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ। 

आगो नियन्त्रणका लागि ९० जना नेपाल प्रहरी, २५ जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी बल, ४० जना ललितपुर महानगरपालिका प्रहरी खटिएका थिए। 

यस्तै, ललितपुरका २, काठमाडौं र भक्तपुरका एक एक वटा दमकल तथा ५ वटा पानी ट्यांकरको प्रयोग गरेर आगो नियन्त्रणमा लिएको हो। 

आगलागीको अन्य क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .