समाज


वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिङ गर्दै

वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिङ गर्दै

नेपालखबर
असोज ३, २०७९ सोमबार १४:३८, काठमाडौँ

वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिङ गर्ने भएको छ। 

वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले नेपालमै  पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिङको  सुरुवात गरेको बताएका हुन्।

नेपालमा हालसम्म डिम्ब, शुक्रकिट र भ्रूणको मात्रै फ्रिजिंग हुँदै आएको थियो। 

यस नयाँ प्रविधि (ओभेरियन टिस्यु फ्रिजिंग) अन्तर्गत महिलाको डिम्बाशय वा यसका केही भाग डिम्बसहित झिकिन्छ।

डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिंग गरिन्छ । क्यान्सर रोगका कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन् अङ्गमा हानी पुग्ने अन्य उपचार गराउनुपरेमा यो विधि उपयोगी सावित हुन्छ । यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरु बताउँछन् ।

हालसम्म नि:सन्तान उपचार र सफलता प्राप्तिमा अग्र स्थानमा रहेको वात्सल्य आईभीएफले निरन्तर रुपमा नयाँ-नयाँ प्रविधिको पहिचान गरी अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै प्रदान गर्ने र आफ्नो “सम्भव छ !” को नारालाई साकार बानाउन कुनै कसर नराख्ने पनि जानकारी गराएका छन् ।

प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाइमा वात्सल्य आईभीएफले शुक्रबार होटल अलफ्टमा आयोजना गरेको सेमिनारमा ओभेरियन टिस्यु फ्रिजिंगको विधि र आवश्यकता सम्बन्धी जानकारी गराइएको थियो। 

डा. भोला रिजाल, प्रमुख अथितिका रुपमा रहेको यस कार्यक्रममा फेसोन (फर्टिलिटि सोसाइटी अफ नेपाल) मा आबद्ध स्त्रीरोग विशेषज्ञहरुको बाक्लो उपस्थिति थियो। जर्मनीका इम्ब्रोयोलोजी विशेषज्ञ डा. जोसेफ लेह्नर र डा. आकृति भारतीले यस नयाँ प्रविधिसम्बन्धी तथ्यहरु पेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad