कारोबार


कपाल काटेको मूल्य ५० रुपैयाँले बढ्यो, दाह्री काटेको कति?

कपाल काटेको मूल्य ५० रुपैयाँले बढ्यो, दाह्री काटेको कति?

नेपालखबर
असोज ३, २०७९ सोमबार १४:५५, काठमाडौँ

दाह्री र कपाल काटेको मूल्य बढेको छ। नेपाल नाई संघले  कपाल काटेको मूल्यमा ५० रुपैयाँ वृद्धि गरेको हो। 

संघका अनुसार अब कपाल काटेको २ सय रुपैयाँ र साधारण दाह्री काटेको १२० रुपैयाँ बनाइएको छ। 

यसअघि साधारण कपाल काटको १५० रुपैयाँ र साधारण दाह्री काटेको १ सय रुपैयाँ थियो। 

नाई संघले असोज महिनादेखि मूल्य वृद्धि गरेको भन्दै सूचना जारी गरेको छ। सूचनाअनुसार कपाल काटेको ५ सय रुपैयाँ सम्म पर्ने जनाएको छ। 

नेटबाट फोटो देखाइ कपालको डिजाइन गर्न लगाएमा ५ सय रुपैयाँ तिर्नुपर्ने बताएको छ। त्यस्तै दाह्री काट्दा पनि डिजाइन गर्नुपरेमा  २५० सम्म तिर्नुपर्ने बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad