समाज


लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार ६:२०,

झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो ।

बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

त्यसैगरी प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दीपेश तामाङको कोठाबाट नौ दशमलव २० ग्राम खैरो हेरोइन बरामद गरेको छ। गोप्य सूचनाका आधारमा तामाङको कोठा चेकजाँचका क्रममा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित तामाङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

 यस्तै विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं ढाटबाट विराटनगर महानगरपालिका–६ का २९ वर्षीय अनुज खत्री एक ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। बुधबार अपराह्न ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउँदै गरेका खत्रीलाई जाँच गर्ने क्रममा निजले लगाएको जम्फरको टोपीमा लुकाइछिपाई ल्याउँदै गरेको खैरो हेरोइन बरामद भएको थियो।

खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागुऔषधमा ओसारपसारमा अन्य दुई जनाको समेत संलग्नता रहेको खुल्न आएपछि विराटनगर महानगरपालिका–६ का २६ वर्षीय अयुव आलम र केराबारी गाउँपालिका–१० का ४१ वर्षीय तेजबहादुर लिम्बू समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad