ad ad

समाज


दाइजोमा फ्रिज नदिएकाे भन्दै १९ वर्षीया श्रीमतीको हत्या

दाइजोमा फ्रिज नदिएकाे भन्दै १९ वर्षीया श्रीमतीको हत्या

शैलेन्द्र महतो
मंसिर २६, २०७६ बिहिबार १४:३०,

धनुषामा एक नवविवाहिता महिलाको रहस्यमय मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रगरका नवीनकिशोर साहकी १९ वर्षीया श्रीमती ज्योति नायक (साह)काे  शंकास्पद अवस्थामा मृत फेला परेकी हुन्।

माइतीपक्षले दाईजोमा फ्रिज नदिँदा छोरीको हत्या गरेको आरोप लगाएको छ।

बिहीबार अपराहन्न सवा ४ बजे घाँटीमा सल बेरिएको अवस्थामा ज्योतीको शव आफ्नै घरबाट बरामद भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहालले बताए। ‘हामीलाई सवा ४ बजे जानकारी आयो। टोलीसहति पुग्दा घाँटीमा सल बेरिएको थियो। परिवारजनले ज्योती झुण्डेर आत्महत्या गरेको अवस्थामा शव तल ओरालेको बताएको छ’ निरीक्षक दहालले भने ‘शंकास्पद अवस्थामा शव बरामद भएको छ। विवाद पश्चात घटना भएको कुरा पनि आएको छ। ज्योतीको हत्या हो की आत्महत्या पोस्टमार्टम रिर्पोटपछि मात्र भन्न सकिन्छ’

ज्योतीको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ माइत भएकी ज्योतीको झण्डै एकवर्ष अघि २०७५ फागुन १९ गते क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने राजकिशोर साहका छोरा २८ वर्षका नविनकिशोरसँग १७ लाख दाइजो दिएर समाजिक परम्परा अनुसार विवाह भएको थियो। एकवर्ष नवित्दै नवविवाहिता छोरी ज्योतीको शंकास्पद मृत्यु भएपछि बुबा सुरेन्द्र नायकले दाईजोको निहुँमा छोरीको हत्या गरेको आरोप लगाए।

छोरीको हत्या भएको भन्दै बिहीबार ज्वाइँसहित घरपरिवारमाथि किटानी जाहेरी दिन बुबा सुरेन्द्र जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेका थिए।

‘१० लाख रुपैयाँ नगद, साढे ९ तोला सुन, फर्निचर लगायतको १७ लाख रुपैयाँको बराबरको दाईजो दिएर गएको फागुनमै छोरी ज्योतीको विवाह गरेको थिएँ’, बुबा सुरेन्द्र भावुक हुँदै भने, ‘केहि महिनापछि ज्वाइँले फ्रिज लगायतको समान माग्दै विभिन्न बहानामा ज्याेतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए। पटक पटक विवाद मिलाए। मागेको समान विस्तारै दिन्छु भन्दै आएको थिएँ। तर अन्तमा छोरीको हत्या नै गरेछन्।’

jyoti-ko-buwa.jpg

छोरीको मृत्युको केहिछिन अघि मात्र छोरीसँग कुराकानी भएको बुबा सुरेन्द्रले सुनाए। जेठी छोरी तथा ज्योतीकी दिदी आरती नायकले छोरा पाएकीले बुधबार ६ दिने न्वरान (छटिहार) रहेको थियो। त्यसैमा ज्योतीलाई समेत निम्ता भएकाले उनी जाने चाहेकी थिइन्। पछि सासुले जान पाइँदैन भनेर सासुले नमानेको ज्वाइँ नविनले आफुलाई फोन गरेर जानकारी गराएको र केहिबेरमा फेिर फोन गरेर छोरी आत्महत्या गरेको जानकारी दिएको बुबा सुरेन्द्रको भनाई छ।

‘ज्योतीले दिदी घर जान खोज्दा विवाद भयो र सो क्रममा ज्वाइँसहित घरपरिवार मिलेर हत्या गरेका हुन्। ज्योतीले आत्हत्या गर्नै सक्दिनन्। उसको हत्या भएको हो’ बुबा सुरेन्द्र आक्रोसित हुँदै भने ‘घटनाको स्वच्छ र सुक्ष्म अनुसन्धान गरेर सबै हत्यारामाथि प्रशासनले कडा कार्वाही गरोस्।’

ज्योतीको गर्भ बस्दा ज्वाइँ सुरेन्द्रले गएको बैशाख महिनामा जनकपुरको एक क्लिनिकमा लगेर गर्भपतन गराएको र पटक पटक कुटपीट तथा मानसिक यातना दिँदै आएकाले हत्या भएको बुबा सुरेद्रको दावी छ। उनले छोरीको हत्यारालाई कार्वाहीको लागि पहल गरिदिन सबैपक्षसँग आग्रह गरेका छन्।

यता घटना विषयमा धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले घटना शंकास्पद रहेको बताउँदै पोस्टमार्टम रिपोर्ट कुरिरहेको बताए। पोस्टमार्टम रिपोर्टको आधारमा अघि बढ्ने उनको भनाई छ।

पति नविन किशोर स्थानीय एक सामुदायिक विद्यालयमा र ससुरा राजकिशोर रामेछापमा सामुदायिक विद्यालयकै शिक्षक रहेका छन्।

यसअघि मंसिर ६ गते धनुषाको मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरकी २२ वर्षीया कुसुम मण्डलको ज्योती जस्तै रहस्यमय मृत्यु भएको थियो। ससुरा पक्षले कुसुमले आत्महत्या गरेको भन्दै ढाकछोप गर्ने प्रयास गरेका थिए। पति २८ वर्षका प्रकाश मण्डलले मोटरसाईकल नामसारीको निहुँमा छोरीको हत्या भएको भन्दै माइती पक्षले सुक्ष्म अनुसन्धान गर्न सिरहाको मिरचैयामा चक्काजाम गर्दै दबाब दिएका थिए।

पछि घटनाको अनुसन्धान र पोस्टमार्टम रिपोर्टले कुसुमको हत्या नै गरेको पुष्टि भएको थियो। प्रकाशले दाइजोमा दिएको मोटरसाईकल नामसारी नगर्ने निहुँमा नै कुसुमको हत्या गरेको माइत पक्षले बताएको थियो। घटना पश्चात धनुषा प्रहरीले प्रकाश लगायत घरपरिवारमाथि किटानी जाहेरी दर्ता गरी कार्वाही प्रक्रिाय अघि बढाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .