रौतहटको गौरबाट प्रहरीले स्रोत नखुलेको झण्डै पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको सीतामढी नगर पञ्चायत घर भएका ४५ वर्षीय लक्ष्मीकुमार साह रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालय अगाडीबाट साहलाई पक्राउ गरेको हो।
‘उनको सातबाट स्रोत नखुलेको ४ लाख ९५ हजार नेपाली रुपैयाँ बरामद भएको छ,’ मल्लले भने, ‘उनी भारतबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन्।’
सााहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।
66
Shares
प्रतिक्रिया