ad ad

समाज


डेङ्गु निर्मुल पार्न श्रीलंकाले विशेष प्रकारको ब्याक्टेरियामा परीक्षण गर्दै

डेङ्गु निर्मुल पार्न श्रीलंकाले विशेष प्रकारको ब्याक्टेरियामा परीक्षण गर्दै

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ७:२५,

स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, “सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रयोग तथा परीक्षण गर्न लागेको छ।”

मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भने, “डेङ्गु सङ्क्रमणलाई रोक्न ‘वोल्बाचिया’ नामक एक प्रकारको ब्याक्टेरियालाई कोलम्बोका नगर क्षेत्रमा सन् २०२० को फेब्रुअरीदेखि छोडिनेछ। नगरका घरहरूमा लामखुट्टेका फुल र ‘फुड क्याप्सुल’ पानीमा दुईहप्तासम्म बन्द गरिनेछ। यसबाट वयस्क लामखुट्टे पैदा हुनेछन् र तिनीहरूलाई डेङ्गु प्रतिरोधी ब्याक्टेरिया फैलाउनका लागि खुलास्थानमा छोडिनेछ।”

विश्व लामखुट्टे नियन्त्रण कार्यक्रमका अनुसार ‘वोल्वाचिया’ ले लामखुट्टेको भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कमजोर पारिदिने गर्छ। यसका कारण लामखुट्टेबाट मानिसमा भाइरस सङ्क्रमण हुने र आत्मनिभरतामा व्यापकमात्रमा वृद्धि हुन्छ।

‘वोल्बाचिया’ ले लामखुट्टेबाट सर्ने डेङ्गु, एलो फेवर र जाइकाजस्ता भाइरसहरूसँग लड्छ र भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कम गर्छ।

लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि ‘वोल्वाचिया’को परीक्षण गर्ने पहिलो मुलुक अष्ट्रेलिया हो र विगत आठ बर्षमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने यी समस्या अष्ट्रेलियामा नदेखिएको बताउने गरिएको छ ।

सन् २०१७ मा श्रीलङ्कामा एक लाख ८६ हजार १०१ जनालाई डेङ्गुको सङ्क्रमण भएको थियो भने ३२० जनाको मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण एकाईका अनुसार सन् २०१९ मा श्रीलङ्कामा डेङ्गुको सङ्क्रमण भएर अस्पताल पुग्ने विरामीको सङ्ख्या ८६ हजार ४८४ रहेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .