ad ad

राजनीति


मोदीले आन्दोलित आसामी जनतालाई भनेः ढुक्क हुनुहोस्, तपाइँको अधिकार खोसिँदैन

मोदीले आन्दोलित आसामी जनतालाई भनेः ढुक्क हुनुहोस्, तपाइँको अधिकार खोसिँदैन

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ७:५०,

आसामका केही स्थानमा हिंसा मच्चिएको छ। प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा प्रहरीले गोली चलाएका छन्। गोली लागेर केही मानिस घाइते भएको बीबीसीहिन्दीले जनाएको छ।

हिंसा भड्कने त्रासका कारण बुधबारदेखि आसाममा कर्फ्यु लगाइएको छ। बाङ्ग्लादेशसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्यमा विधेयकविरोधी प्रदर्शन भइरहेको बेला संसदीय प्रक्रियाबाट विधेयक पारित भएको हो।

त्यहाँका मानिसहरू छिमेकी देश बाङ्ग्लादेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका छन्।

यसबीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले आसामका जनताको नाममा सम्बोधन गरेका छन्।

उनले बिहीबार ट्वीटरमा भनेका छन्,‘म आसामका मेरा भाईबहिनीलाई यो विश्वस्त तुल्याउन चाहन्छु कि नागरिकता संसोधन विधेयकमा तपाइँहरुले चिन्ता लिनुपर्ने विषय केही छैनन्। म यो विश्वस्त तुल्याउन चाहन्छु कि कसैले तपाइँको अधिकार, विशेष पहिचान र सुन्दर संस्कृती खोस्ने छैन।’

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलालादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको एउटा विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

नागरिकता संशोधनसम्बन्धी यस विधेयक अब प्रमाणित भएपछि कानुन बन्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .