समाज


बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान, एक प्रहरी घाइते

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान, एक प्रहरी घाइते

नेपालखबर
भदौ १९, २०७९ आइतबार १७:५६, काठमाडौँ

बाराको जितपुरमा डाँकाको समूह र प्रहरीबीच गोली हानाहान भएको छ।

गएराति १२ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ भुलहीमा डकैती गरिरहेको समूहलाई पक्राउ गर्न गएको प्रहरीमाथि डाँकाको समूहले गोली चलाएको थियो। 

डाँकालाई पक्राउ गर्न गएका एक प्रहरी घाइते भएका छन्। प्रहरी वरिष्ठ नायव निरीक्षक कमलबहादुर शाहीको टाउकोमा डाँकाले रड प्रहार गरेको बारा प्रहरीले जानकारी दिएको छ।

उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयरमा लगिएको छ।

डाँकाको समूहले प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

डाँकाको समूहले गोली चलाएपछि प्रहरीले पनि राइफलबाट ३ राउण्ड गोली चलाएको छ। 

डाँका समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट १ राउण्ड गोली लोड गरेको पेस्तोल र २ राउण्ड गोलीसहित एउटा भरूवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ।

भलुहीस्थित एरोटेक प्रालिमा १०/१२ जना डाँकाहरु हात–हतियार सहित प्रवेश गरी धनमाल लुटि रहेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो।

प्रहरी टोली घटनास्थलमा पुग्दा १०/१२ जनाको समुहमा हतियारधारी डाँकाहरुले स्टोरमा रहेको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोबाइल समेत लुटेर भाग्दै थिए। 

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा डाँकाहरुले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली फायर गरेका थिए। प्रहरी टोलीले आफ्नो प्रतिरक्षाका लागि गोली चलाएको जनाएको छ। 

प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका ९ का ३५ वर्षीय जयराम पासवान र  ४० वर्षीय जवाहिर महतो पक्राउ परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad