ad ad

खेल


फेन्सिङ्गको खेलाडी छनौट

फेन्सिङ्गको खेलाडी छनौट

नेपालखबर
भदौ १९, २०७९ आइतबार १७:५९, काठमाडौँ

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशले फेन्सिङ खेलाडी छनोट गरेको छ। 

काठमाण्डौ फेन्सिङ्ग एकेडेमीमा भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरी कुल २४ खेलाडी छनौट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिए। 

पुरुष फोयल ईभेन्टमा सञ्जीव लामा, नारायण गौतम, पुरुषोत्तम खत्री, आर्यन कार्की रहेका छन् । ईपीमा ओमकार सिंह, भिष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर ईभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र साश्वत परियार छनोट भएको संघले जनाएको छ।

महिलाको फोयलतर्फ सुजाता कुँवर, गोमा आचार्य, संगिता लम्साल र अस्मिता घिसिङ्ग रहेका छन्। ईपीतर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापती छनोट भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .