समाज


६० वर्षमा चारहजार अमेरिकी पिस कोर नेपालमा आए

६० वर्षमा चारहजार अमेरिकी पिस कोर नेपालमा आए

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १७:५३, काठमाडौँ

अमेरिकाबाट पहिलोपटक पिस कोर स्वयंसेवकहरु नेपाल आएको ६० वर्ष पुगेको छ। 

पिस कोर स्वयंसेवकहरु नेपाल आएको ६० वर्ष पुगेको अवसरमा पिस कोर नेपालले बिहीबार एक कार्यक्रम आयोजना गर्यो।

कार्यक्रममा अमेरिकी राजदूत र्यान्डी बेरीले सहभागीहरुलाई स्वागत गरेका थिए। त्यस अवसरमा पूर्वसचिव रामेश्वर खनाल, पूर्वराजदूत केदारभक्त माथेमा लगायत विभिन्न क्षेत्रका ब्यक्तित्व सहभागी भए। 

सन् १९६२ को सेप्टेम्बरमा पहिलोपटक ७० भन्दा बढी पिस कोर स्वयंसेवकहरु काठमाडौं आएका थिए। नेपालभर विशेषगरी विद्यालय र कलेजमा उनीहरुले काम गरेका थिए।

हालसम्म ४ हजार अमेरिकी नागरिकले नेपालमा स्वयंसेवक भई काम गरिसकेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। 

ती स्वयंसेवकले शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत बहुल क्षेत्रका परियोजना सम्पन्न गरेका दूतावासले जनाएको छ। 

कोरोना महामारीका कारण सन् २०२० मार्च महिनायता अमेरिकाले नेपाल लगायत विभिन्न देशमा पिस कोर पठाएको छैन। दूतावासले अमेरिकी पिस कोर स्वंसेवकलाई फिर्ता ल्याउने योजना रहेको जनाएको छ। 

विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल रहेको अमेरिकी दूतावासले जनाएको छ। 

विश्वभरका सरकारहरूको आमन्त्रणमा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकता निर्धारण गरिएका परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्ने गरेका छन्।

‘पिस कोर सञ्जालका सदस्यहरूले आफूले गरेको सेवामार्फत स्थानान्तरणीय सिपहरू विकास र अन्तर–सांस्कृतिक क्षमताहरू अभिवृद्धि गर्छन् जसले उनीहरूलाई विश्वका नेतृत्वकर्ताको आगामी पुस्ता बन्ने स्थानमा पुर्याउँछ’ दूतावासले प्रेस विज्ञप्तिमा भनेको छ।

सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले पिस कोरको स्थापना गरेका थिए। त्यसयता अमेरिकाले विश्वका १४२ मुलुकमा २ लाख ४० हजारभन्दा बढी पिकोर खटाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .