ad ad

समाज


मिटरब्याजीविरुद्ध काठमाडौंमा आज किसान–मजदुर मार्च

मिटरब्याजीविरुद्ध काठमाडौंमा आज किसान–मजदुर मार्च

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार ८:४७, काठमाडौँ

मिटरब्याजीबाट पीडितहरूको न्यायका लागि एक महिनादेखि काठमाडौंमा आन्दोलन गरिरहेको ‘किसान–मजदुर संघर्ष समिति’ले आज भदौ १६ गते किसान–मजदुर मार्च गर्दै छ।

साँवाभन्दा ब्याज बढी बुझाइसक्दा पनि ऋणबाट मुक्त हुन नसकेका किसान–मजदुरले काठमाडौंमा संघर्ष थालेको आज एक महिना पुग्दै छ। 

यसै अवसरमा उनीहरूले आज माइतीघरदेखि बालुवाटारसम्म किसान–मजदुर मार्च गर्न लागेका हुन्।

यसमा साथ दिन किसान–मजदुर संघर्ष समितिले विभिन्न दलका किसान–मजदुर संगठन, पेसागत संगठन तथा सम्पूर्ण अधिकारकर्मीलाई आग्रह गरेको छ। 

यसैबीच उक्त मार्चमा बृहत् नागरिक आन्दोलनले पनि ऐक्यबद्धता जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .