गोलीकाण्डमा अन्य दुई प्रहरी घाइते भएको न्युजर्सीका मेयर स्वीटन फुलपले बताएका छन्।
न्युजर्सीको ग्रिनभिलेमा प्रहरी र बन्दुकधारीबीच करिब एक घन्टा गोली हानाहान भएको बीबीसीले जनाएको छ।
स्थानीय संचारमाध्यमका अनुसार दुई बन्दुकधारीले सुरुवातमा अन्धाधुन्ध गोली हानेका थिए। त्यसपछि प्रहरीले जवाफी कारवाही थालेको थियो।
बन्दुधारी को थिए भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। यस घटनामा मारिएका प्रहरी ३९ वर्षको जोसेफ सिल्स भएको जनाइएको छ।
बन्दुकधारीहरु प्रहरीसँगको मुडभेडपछि ट्रकमा चढेर भागेका थिए। उनीहरुको खोजी भइरहेको छ।
आक्रमण पछाडिको कारणबारे पनि यतिबेला अनुसन्धान सुरु भएको छ।
प्रतिक्रिया