ad ad

समाज


सात विद्यार्थीसहित २ सय ४८ जना चालक कारबाहीमा

सात विद्यार्थीसहित २ सय ४८ जना चालक कारबाहीमा

फाइल फोटाे


नेपालखबर
भदौ १४, २०७९ मंगलबार १४:३८, काठमाडौँ

स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज २ सय ४८ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालकहरु कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २ सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ। जसमा बिहानै मदिरा सेवन गरी सवारी साधन चलाउने ३ जना चालक रहेका छन्।

नयाँबसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक, बा १ ज ८१ ८१ नम्बरको माइक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८० ५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .