समाज


रंगशालामा पत्रकार कुट्ने प्रहरीलाई कारबाही हुने

रंगशालामा पत्रकार कुट्ने प्रहरीलाई कारबाही हुने

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ८:४२,

पत्रकार चापागाईँमाथि हातपात गर्ने प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले बताएका हुन्।

कसुरको मात्रा हेरेर पत्रकार कुट्ने प्रहरीलाई कारबाही गरिने उनले बताएका छन्।

 मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठीचार्ज गरेको थियो।

प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको भिडियो र तस्बिर खिचिरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए।

प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।

यतिबेला उनको राखेप मेडिकलमा उपचार भइरहेको छ। राखेपका उपाध्यक्ष पितान्मबर तिम्सिनाले पत्रकार कुटिनु असामान्य घटना भएको बताउँदै यसबारे सत्यतथ्य अनुसन्धान हुने बताएका छन्।

उनले सुरक्षा प्रमुख र राखेपका सदस्य सचिबबीच यसबारे थप छलफल हुने बताए।

खेल पत्रकारहरुले यस घटनाको विषयमा तत्काल निर्णय हुनुपर्ने बताउँदै यस समस्या हल नभए साग खेल नै बहिष्कार गर्ने चेतावनी दिएका छन्।

पत्रकारहरुले प्रहरीले माफी माग्नुपर्ने पनि बताएका छन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .