समाज


पत्रकार कुटिएको घटनाप्रति महासंघको आपत्ति

पत्रकार कुटिएको घटनाप्रति महासंघको आपत्ति

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ८:४३,

नेपाल पत्रकार महासंघले दशरथ रंगशालामा प्रहरीले पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार संकलनका क्रममा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलााई प्रहरीले कुटपिट गरी घाइते बनाएको थियो। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले प्रहरीबाट भएको घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

मंगलबार विहान दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईमाथि लाठी प्रहार गरेका थिए। लाठी प्रहारबाट पत्रकार चापागाईको कानबाट रगत बगी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको महासंघले जनाएको छ। प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ। महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ।

यस्तै, नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार एक विज्ञप्ति प्रकासित गरी दाेषीमाथि कारबाही नभए आन्दाेलनका कार्यक्रम घाेषणाा गर्ने चेतावनी दिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .