समाज


फुटबलर भरत खवास सहसेनानी पदमा बढुवा

फुटबलर भरत खवास सहसेनानी पदमा बढुवा

नेपालखबर
साउन २९, २०७९ आइतबार १९:१८, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टाेलीका फरवार्ड भरत खवास नेपाली सेनाको उपसेनानीबाट सहसेनानी पदमा बढुवा भएका छन्।

त्रिभुवन आर्मी फुटबल क्लबका टिम कप्तानसमेत रहेका खवासलाई सहसेनानी पदको दर्ज्यानी चिह्न दिइएको छ।

खवासलाई एक समारोहबीच श्री सैनिक वायुसेवाका प्रमुख उपरथी आशिष नर्सिङ राणाले दर्ज्यानी चिह्न प्रदान गरे।

खवास बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लामाे समयपछि राष्ट्रिय टिममा परेका छन्। उनीसहितको टाेलीकाे सूची आइतबार एन्फाले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad