समाज


पर्वतमा जिप दुर्घटना, दुईको मृत्यु, चार घाइते

पर्वतमा जिप दुर्घटना, दुईको मृत्यु, चार घाइते

नेपालखबर
काठमाडौं, असार ९

पर्वतको महाशीला गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते बनेका छन्।

आइतबार साँझ महाशिला गाउँपालिका– ५ लुंखु देउरालीमा लुंखुदेउराली बजारबाट बालाकोटतर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजारभन्दा केही तल दुर्घटना भएको हो।

दुर्घटनामा परेर महाशिला गाउँपालिका– ३ का ५० वर्षीय कृष्णगोपाल गुरुङ र
सल्यानको कपुरकोट नगरपालिका– ४ का ३० वर्षीया विष्णु थापाको मृत्यु भएको हो।

मृतक थापा स्थानीय बालारानी माविका शिक्षक हुन भने थापा सोही विद्यालयमा भवन निर्माणको काम गर्दै आएका थिए। उनीहरु विद्यालयको कामले लुंखुबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आएर फर्कँदै गर्दा सो दुर्घटना भएको बताइएको छ।

दुर्घटनमा जिपका चालक प्रविण गुरुङ, महाशीला गाएँपालिका ३ कि लक्ष्मी गुरुङ, बालाकोटका दीपक गुरुङ र खुमबहादुर गुरुङ घाइते बनेका छन्। घाइतेमध्ये २ को पोखरा र २ को स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

 

असार ९, २०७६, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .