पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनः बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको २४ घण्टाको तथ्यांकअनुसार ३३५ नयाँ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणमार्फत २१६ र एन्टिजेन परीक्षणमार्फत ११९ जनामा संक्रमण पुष्टि भएको हो।
उक्त अवधिमा २९९६ जना मानिसको नमुना परीक्षण गरिएको थियो। यो अवधिमा संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य छ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ।
गत शुक्रबार ४५६ नयाँ संक्रमित थपिएका थिए। बिहीबार यो संख्या ४३५ थियो।
बुधबार पनि ३९१ जना नयाँ संक्रमित थपिएका थिए।
51
Shares
प्रतिक्रिया