समाज


रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार, बलात्कारी फरार

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार, बलात्कारी फरार

रासस
असार ९, २०७६ सोमबार ६:२१,

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ। गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको एक समूहले बलात्कार गरेको हो।

पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए।

घटना विवरणअनुसार ती दुई युवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए। बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन्। अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए। भागेकी युवतीलाई हसनापुर गाउँमा स्थानीयवासी जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ।

गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए। ‘युवतीहरुले भनेअनुसार घटनामा धेरैजना संलग्न छन् तर प्रहरीले एकजनालाई मात्रै समातेको छ। अरु व्यक्तिलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्छ’, उनले भने, ‘युवतीहरुले न्याय पाउनुपर्छ।’ सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष बलालले बताए।

गाउँपालिका प्रमुख बच्चुलाल केवटले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले पीडितलाई न्याय र पीडकलाई कानूनी कारबाहीका लागि पहल गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad