समाज


काठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी

काठमाडौं जिल्ला अदालत बारको अध्यक्षमा पौडेल विजयी

नेपालखबर
साउन १, २०७९ आइतबार १५:९, काठमाडौँ

जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) लोकप्रिय मतका साथ निर्वाचित भएका छन्। 

शनिबार काठमाडौंमा भएको निर्वाचनमा कुल १२५२ मत खसेकोमा पौडेलले ९६४ मत ल्याएका हुन् । 

लोकतान्त्रिक वैचारिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा पिपुल्स लिगल एसोसिएट्सका संस्थापक समेत रहेका पौडेलले कानुन व्यवसायीहरुको संस्था डेमोक्रटिक लयर्स एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्दै काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा लोकप्रिय मतसहित जित हासिल गरेका हुन्।  

यसअघि डेमोक्रटिक लयर्स एसोसिएसन काठमाण्डौंको असार १८ मा भएको आन्तरिक प्रतिस्पर्धामा जित हासिल गर्दै पौडेल डीएलएका तर्फबाट आधिकारिक उम्मेदवार चयन भएका थिए।

न्यायालयलाई जिम्मेवार बनाउँदै पारदर्शी कायम गर्नका साथै पेशागत मर्यादालाई स्थापित गराउँदै सामुहकि शुद्धताको भावनालाई केन्द्रमा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए। 

पौडेलसँगै बारको सबै पदाधिकारी डिएलबाट नै निर्वाचित भएका छन् । उपाध्यक्षमा डिएलएकै पुरुषोत्तम अधिकारी विजयी भएका छन्। त्यसैगरी सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी अर्याल र कोषाध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन्। 

महिला सदस्यहरुमा उमादेवी प्रसाई र गिता श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार भएको निर्वाचनमा सदस्य पदमा भिष्म निरौला, मदनकुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक, हरिराम लामिछाने, चेतनाथ तिमल्सेना (चेतन), जीवन न्यौपाने, प्रवीण हुमागाई र दिपककुमार साह निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad