ad ad

समाज


ट्याक्टरको ठक्करबाट धनुषामा एक महिलाको ज्यान गयो

ट्याक्टरको ठक्करबाट धनुषामा एक महिलाको ज्यान गयो

शैलेन्द्र महतो
मंसिर १९, २०७६ बिहिबार ५:२७,

बाराको प्रसिद्ध गढीमाई मेलाबाट यात्रु बोकेर फर्कदै गरेको ट्याक्टरको ठक्करबाट धनुषामा एक महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा महोत्तरीको बलवा सरपल्लो बस्ने ३५ वर्षीया संगीतादेवी बडहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार गढीमाई मेलाबाट फर्किदै गरेको ज १ त ५८८६ नम्बरको ट्याक्टर धनुषाको मिथिला नगरपालिका २ नक्टाझिझको विश्वकर्मा चोक नजिक बिहीबार विहान साढे ६ बजे मोर्निंगवाकमा रहेकी संगीतादेवीलाई ठक्कर दिएको हो ।

घटनापश्चात चालकले यात्रुलाई ट्याक्टरमै छोडेर फरार भएका छन्। मृत्यु भएकी महिलाको शवर्लाइ पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको र फरार चालकको खोजी कार्यजारी रहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।

यसअघि मंगलबार राति पनि बाराको गढीमाईबाट यात्रु बोकेर फर्किदै गरेको पिकअप पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिकाको लक्ष्मिनिया जंगलमा दुर्घटना हुँदा २ महिलाको घटनास्थलमै ज्यान जानुको साथै १४ जना घाइते भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .