ad ad

समाज


ढुंगेललाई पक्रिन अदालतको अनुमति

ढुंगेललाई पक्रिन अदालतको अनुमति

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १३:४४,

काठमाडौं जिल्ला अदालतले निलम्बित डीएसपी कमुद ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ। 

डकैतीमा संलग्न ब्यक्तिसँग फोन सम्पर्कमा रहेको आरोपमा ढुंगेल गत वैशाख २० गते निलम्बनमा परेका थिए।

इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर (रौतहट)मा कार्यरत रहँदा डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखिएको आधारमा उनलाई अनुसन्धानका लागि निलम्बन गरिएको थियो।

गत वर्षको चैत २६ गते रानीवारीमा विकास श्रेष्ठ लगायत ६ जनाको समूहले लालेन्द्र शेरचनको घरमा डकैती गरेको थियो। श्रेष्ठसहित उनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड समेत देखाएर गर–गहना र नगद समेत गरी जम्मा पाँच लाख साठी हजार बराबरको धनमाल लुटेका थिए।

महाशाखाको टोलीले वैसाख ६ गते चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ विक्रम श्रेष्ठ, र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले प्रयोग गर्ने बा ३ च ७१६४ कलेजी रङको ट्याक्सी र बा २ ज ३०६१ नम्बरको अर्को गाडीसमेत फेला पारेको थियो।

सोही घटनामा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीबाट पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीच भेटघाट भएको एवं मोबाइल सम्पर्क देखिएपछि उनी अनुसन्धानमा तानिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .