समाज


जयसिंह बेपत्ता भएनजिकै तुइन चुँडिएर युवक महाकालीमा खसे

जयसिंह बेपत्ता भएनजिकै तुइन चुँडिएर युवक महाकालीमा खसे

सांकेतिक तस्बिर


गोकुल जोशी
असार २२, २०७९ बुधबार १९:१९, कञ्चनपुर

दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा खसेका छन्। तुइन चुडिएर व्याँस गाउँपालिका–२ का १८ वर्षीय सचिन बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। 

भारतबाट घर फर्किने क्रममा तुइनमार्फत महाकाली तर्दा तुइन टुटेर बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। 

व्याँस गाउँपालिका–२ दुम्लिङ नजिक महाकाली नदीमा बेपत्ता भएका बुढाथोकीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी उनको खोजीमा जुटेको छ।

यसअघि २०७८ साउन १५ गते व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका थिए।

जयसिंह बेपत्ता भएको नजिकै उनकै पालिकाका सचिन बुढाथोकी तुइन टुटेर महाकालीमा बेपत्ता भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।

‘दुम्लिङ जयसिंह बेपत्ता भएको ठाउँ माल घाटबाट नजिकै पर्छ। २/३ किलोमिटरको दूरीमा छ,’ उनले भने, ‘नेपालतर्फ बाटो नहुँदा किनमेलका लागि तुइनमार्फत नेपालीहरु भारततिर जानु पर्ने बाध्यता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad