राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चन्द्रागिरिको केबलकारमा केहीबेर अड्किएका छन्।
पारिवारिक घुमघामका लागि बुधबार बिहान चन्द्रागिरी गएका तिमिल्सिना करिब १५ मिनेट प्राविधिक कारणले केबलकारमा अड्किएका हुन्।
‘बिहान पारिवारिक घुमघामका लागि चन्द्रागिरी जानुभएको थियो,’ तिमिल्सिना निकट स्रोतले भन्यो, ‘केहीबेर विद्युत आपूर्तिमा समस्या हुँदा केबलकार अड्किएको रहेछ।’
१५ मिनेटपछि विद्युत परिचालन भएपछि तिमिल्सिना चन्द्रागिरि पुगेका हुन्।
267
Shares

प्रतिक्रिया