ad ad

समाज


रामेछाप दुर्घटना अपडेट : थप तीनजनाको धुलिखेल अस्पतालमा मृत्यु

रामेछाप दुर्घटना अपडेट : थप तीनजनाको धुलिखेल अस्पतालमा मृत्यु

नेपालखबर
असार २१, २०७९ मंगलबार १३:२९, काठमाडौँ

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। 

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो। 

अहिलेसम्म मृतकको पहिचान खुलेको छैन। अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले बताए। 

३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। 

बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। २१ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको उनले जानकारी दिए। दुर्घटनामा २१ जना घाइते छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .