नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले धान रोपेर असार १५ अर्थात धान दिवस मनाएको छ।
काठमाडौंको तारकेश्वर स्थित एमडीएस बहुउद्देश्यीय कृषि केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँगै धान रोपेर क्रान्तिकारीले धान दिवस मनाएको हो।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको क्रान्तिकारीका नेता यादव ढुंगानाले बताए।
84
Shares
प्रतिक्रिया