ad ad

समाज


विराटनगरमा बाढीले २५ घर विस्थापित, इटहरीमा पनि घरमा पानी पस्यो

विराटनगरमा बाढीले २५ घर विस्थापित, इटहरीमा पनि घरमा पानी पस्यो

नेपालखबर
असार १४, २०७९ मंगलबार १५:१८, विराटनगर


सिंघिया खोलामा आएको बाढी विराटनगर ८ को बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएका छन्। अविरल वर्षापछि विराटनगरको सिंघिया र केसलिया खोलामा बाढी आएको छ।

बाढी विराटनगर महानगरपालिका ८ खोला किनार नजिक रहेको बस्तीमा पसेको प्रहरीले बताएको छ। खोला किनारमा रहेका अन्य बस्ती पनि जोखिममा रहेका छन्।

विस्थापित भएकाहरुलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

यस्तै, कटही गाउँपालिका र विराटनगर महानगरका बस्ती छेउका अन्य बस्तीमा पनि बाढी पसेको छ।

सुनसरीको इटहरीमा पनि ३० भन्दा बढी घरमा पानी पसेको छ। 

धरान विराटनगर सडकको इटहरी साथी पेट्रोल पम्प छेउमा सडक माथिबाट स्थानीय ट्याङ्ग्रा खोला बगेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .